Search
Close this search box.
Search
Close this search box.

बढ्यो सुनचाँदीको भाउ

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउ बढेको जानकारी दिएको छ।

महासंघले दिएको जानकारीअनुसार आज मंगलबार छापावाल सुनको भाउ प्रतितोला ५०० रूपैयाँले बढेको हो।

सोमबार प्रतितोला ९० हजार रूपैयाँले कारोबार भएको छापावाल सुनको भाउ आज ९० हजार ५०० रूपैयाँ तोकिएको छ।

यसैगरी तेजाबी सुनको भाउ तोलामा ९० हजार ५० रूपैयाँ तोकिएको छ।

सुनको मूल्यसँगै प्रतितोला ३५ रूपैयाँ उकालो लागेको चाँदी एक हजार १५५ रूपैयाँ कायम भएको छ।

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *