झापा। झापाको गौरीगञ्ज वडा नं १ स्थित बनियानी खोलाले बगाउँदा एक बालक बेपता भएका छन् ।
बेपता हुनेमा वडा नं १ झोलुंगे टोलका वेद बिकका १३ बर्षिय छोरा मिलन बिक रहेको गौरीगञ्ज १ का वडा अध्यक्ष कात्तिकलाल राजवंशीले बताए ।
हिजो साँझ ६ बजेतिर साथीहरुसँग खोला तर्ने क्रममा ती बालकलाई खोलाले बगाएको स्थानीयले बताएका छन् ।
जनपद प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा खोलामा बालकको खोजी कार्य जारी रहेकोमा हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।