बन्दको अवज्ञा गरेको भन्दै चारवटा ट्रकमा तोडफोड

चितवन। नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड समूहले आयोजना गरेको बन्दका क्रममा सञ्‍चालन गरेको भन्दै बन्दकर्ताले चारवटा ट्रकमा तोडफोड गरेका छन्।

EPIC

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्‍जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन्।

बन्दकर्ताले ना ३ ख ३९३, ना १ क १४३५ र ना ८ ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकलमा आएका बन्दकर्ताले भरतपुर महानगरपालिका-१ भतेरीमा ट्रक तोडफोड गरेका हुन्।

यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका-१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar