बुधबारे। झापाको बुद्धशान्ति -४ बर्ने चिया बगानमा गुल्मोहरको फुल हेर्न आउनेको भीड बढेसंगै फोहोरमैला बढेको छ । उक्त स्थानमा फोहोरमैला बढेको भन्दै बुधबारे जेसीजको सहकार्यमा पाँच थान डस्बिन राखिएको छ ।

लियो इन्टरनेसनल म्यानपावर बिर्तामोड र गो सिक्टी नायन पिज्जा घर बिर्तामोडको सहयोगमा सोमबार एक कार्यक्रम बीच बुधबारे जेसीजका अध्यक्ष दुर्योधन सिंह राजपुत देव र लियो इन्टरनेसनल म्यानपावर बिर्तामोड र गो सिक्टी नायनपिज्जा घरका सञ्चालक सृष्टिना क्षेत्रीले संयुक्त रुपमा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडाध्यक्ष शेरबहादुर रायलाई हस्तान्तरण गरका थिए ।

उक्त कार्यक्रम बुधबारे जेसीजका महासचिव गजुहाङ योङहाङले संचालन गरेका थिए । कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्षहरु हेमन्त बराल र नन्द कुमार याफु राई लगायत जेसीज पदाधिकारीहरुको उपस्थिति रहेको थियो।