बर्नेमा दुर्घटना हुँदा अर्जुनधाराका दुई व्यक्तिको मृत्यु

छोटकरीमा,

EPIC
  • बिहीबार साँझ भएको दुर्घटनाबाट अर्जुनधारा – ७ का दुई व्यक्तिको निधन भएको छ ।
  • घुमाउरो बाटोमा मोड्ने क्रममा पछाडिबाट आइरहेको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।
  • मोटरसाइकलमा सवार अर्जुनधारा -७ का २१ वर्षीय कविराज भनिने कमल चौधरी र २० वर्षीय हेमा महतको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
  • गाडी र धनी बुद्धशान्ति- ७ का डिल्लीमान राई इप्रका बुधबारेको नियन्त्रणमा छन् ।
  • पुरा पढ्नुहोस्,

बुद्धशान्ति,झापा । झापाको बुद्धशान्ति गाउँपालिका -४ मेची राजमार्गमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

बिहीबार साँझ भएको दुर्घटनाबाट अर्जुनधारा – ७ का दुई व्यक्तिको निधन भएको छ । दुर्घटना अन्दाजी ४ बजेर ४० मिनेटमा भएको हो । बुद्धशान्तिको बर्ने चिया बगान, बर्ने पर्यटन बजार छेउमा इलामबाट झापा आउँदै गरेको मे- ७ प ९४६२ नम्बरको मोटरसाइकलमा सवार अर्जुनधारा -७ का २१ वर्षीय कविराज भनिने कमल चौधरी र २० वर्षीय हेमा महतको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साथीसँग इलामको कन्यामबाट फर्कने क्रममा उक्त स्थानमा उनीहरु सवार मोटरसाइकल र इलामबाटै झापा झर्दै गरेको मे- १ ज २०९३ नम्बरको सुमोले घुमाउरो बाटोमा मोड्ने क्रममा पछाडिबाट आइरहेको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।

EPIC EPIC EPIC

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि झापाको बिएन्डसी हस्पिटल लगिएता पनि कविराजलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताएका छन् ।

EPIC

पछाडि सवार हेमा महतलाई घाइते अवस्थामा उद्दार गरी उपचारका लागि बिएन्डसीमै ल्याइएको थियो । टाउको, अनुहार र खुट्टामा चोट लागेकाले उपचार गराउँदा गराउँदै बेलुका ६ः२५ हेमाको पनि निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको टाटा सुमोका चालक बुद्धशान्ति -७ का सञ्जय गदाल तत्काल फरार रहेकाले खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ । तर, गाडी र धनी बुद्धशान्ति- ७ का डिल्लीमान राई इप्रका बुधबारेको नियन्त्रणमा छन् ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar