Search
Close this search box.
Search
Close this search box.

बर्नेमा फुटबल प्रतियोगिता हुने

बुद्धशान्ति । झापाको बुद्धशान्ति –४ बर्नेमा च्यालेन्जकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय युनिटी युथ क्लब बर्नेको आयोजनामा खेल हुने भएको हो ।

आगामी पौष २१ गतेदेखि २८ गते सम्म बर्ने चिया कमानको खेल मैदानमा प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले बताएको छ । आयोजक समितिका संयोजक एवम् क्लबका अध्यक्ष डिल्ली मावोका अनुसार खेल क्लब स्तरीय खुल्ला प्रतियोगिता हुनेछ । जसमा बिजेताले ५५ हजार ५ सय ५५ संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउने खेल व्यवस्थापन समितिका मोहन कुमार मावोले बताए ।

यसका साथै खेल अवधिभर खेलाडीलाई विधागत रुपमा समेत पु्स्कार प्रदान गरिने आयोजकले जनाएको छ । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती गर्ने योजना अनुरुप खेलको आयोजना गरिएको बताइएको छ । खेललाई मर्यादित र व्यवस्थापन गर्न रत्न फेम्बो, मिलन लिम्बु, सूर्यमान सुब्बा लगायतका स्थानीय युवाहरु लागि परेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *