Search
Close this search box.
Search
Close this search box.

बलात्कारीलाई फाँसीको माग राख्दै झापामा तातो घाममा प्रदर्शन

बिर्तामोड । बलात्कारका घटना न्यूनीकरण , अपराधिलाई कारबाहि तथा पीडितहरुको पक्षमा न्यायको माग गर्दै झापाको बिर्तामोडमा शनिबार शान्तिपुर्ण र्याली सम्पन्न भएको छ ।

नवौँ बिश्व बालिका दिवसको अवसर पारेर आयोजना गरीएको र्यालीमा झापा भरीका तीन सय बढी युवायुवतीहरु सहभागी रहेको थियो । बलात्कारिलाई फाँसी दे , म छोरी हुँ बोझ हैन म नारी हुँ कमजोर छैन , मेरो शरीर मेरो इच्छा लगायतका प्लेकार्ड सहित प्रदर्शनमा निस्किएका युवाहरुले राज्यको न्यायप्रणाली कमजोर रहेका कारण बलात्कार जस्तो जघन्य अपराध नियन्त्रण हुन नसकेको भन्दै सरकारप्रति आक्रोस समेत पोखेका छन् ।

बलात्कार घट्ना बढिरहँदा अपराधिहरु भने खुलमखुल्ला हिँडीरहेकोले उनीहरुको पहिचान गरी कानुनी कठघरामा ल्याउन सहभागीहरुले सरकारको ध्यानाकर्षण गरेको लेट्सराईज आवर भोईस टुगेदरकि प्रतिनीधि समिरा मैनालीले बताएकी छिन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *