Search
Close this search box.
Search
Close this search box.

बस र कार एकआपसमा ठोक्किएर दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते

धादिङ। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिकास्थित फिस्लीङ्गमा दुई सवारी साधन एक आपसमा ठक्कर खाई दुर्घटनामा परेको छ ।काठमाण्डौबाट मुग्लीनतर्फ जाँदै कार र विपरित दिशतर्फबाट आउँदै गरेको बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।दुर्घटनामा परी बस त्रिशुली नदी किनारामा खसेको छ भने कारमा सवार पाँच जान यात्रु गम्भीर घाईते भएको प्रहरीले जनाइएको छ । बसमा सवार तीस जना यात्रुको अवस्था सामान्य रहेको छ ।

दुर्घटनामा भे१ख ४०६२ नम्वरको बसनेपालगंजदेखी काठमाण्डौं आउँदै गरेको र बग्मती प्रदेश ०२ २९–३७२० नम्वरको कार मुग्लीनतर्फ जाँदै गरेको जनाईएको छ । थप क्षतिको विबरण भने आउन बाँकी छ ।घाईतेको उद्दार धादिङ प्रहरी र ईलाका प्रहरी कार्यालय मुग्लीनबाट खटिएको प्रहरी टोलीका साथै शसस्त्र प्रहरी वल विपल ब्यष्वस्थापन शिक्षालय कुरिनटारले गरिरहेको स्थानीयले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *