Search
Close this search box.
Search
Close this search box.

बाँकेमा सवारी दुर्घटनामा दुईजना घाइते

काठमाडौं। बाँकेको बैजनाथ गाउँपालिका-६ गरहीचोकमा हिजो बेलुकी कारको ठक्करबाट साइकलयात्री गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय ५२ वर्षीय देवलाल खत्रीलाई उपचारका लागी नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३. ०१-०२२ च ५८८३ नम्बरको कारले हिजो बेलुकी सवा ७ बजे साइकललाई ठक्कर दिएको हो। कार चालक फरार भएकोले खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका-१८ तेजनगरमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुदा चालक गम्भीर घाइते भएका छन्। नन्दनी मिलतर्फ जाँदै गरेको रा. २ प ७९७४ नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ८ बजे आफैं अनियन्त्रित भइ पल्टिएको हो।

घाइते भएका इलाका प्रहरी कार्यालय बैजापुर बाँके दरबन्दी भई लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज शाखा बाँकेमा कार्यरत प्रहरी जवान धनबहादुर के. सी. को नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *