Search
Close this search box.
Search
Close this search box.

बागमती प्रदेश सरकारले दूध उत्पादन गर्ने किसानलाई १६ करोड अनुदान दिने

हेटौंडा- बागमती प्रदेश सरकारले दूध उत्पादनमा प्रोत्साहन दिने उद्देश्यले दुग्ध किसानलाई चालु आर्थिक वर्षमा १६ करोड रुपैयाँ अनुदान दिने भएको छ । नियमित रुपमा सहकारीलाई दूध बिक्री गरेको आधारमा प्रतिलिटर २ रुपैयाँका दरले अनुदान रकम वितरणको प्रक्रिया सुरु गरिएको हो ।


बागमती प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले अनुदानको लागि दुग्ध सहकारीहरुलाई प्रस्ताव आह्वान गरिसकेको छ । माघ ९ गते नै एक महिनाको समय राखेर प्रस्ताव आह्वान गरिसकिएको छ । प्रदेशका १३ जिल्लामा रहेका दुग्ध सहकारी संस्थाहरुले अहिले भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र निर्देशनालयमा धमाधम प्रस्ताव पेश गरिरहेका छन् । “हामीले ८ करोड लिटर दूधको २ रुपैयाँका दरले अनुदान दिने गरी प्रक्रिया अगाडि बढाएका हौं । प्रदेश सरकारले बनाएको कार्यविधि पूरा गरेर आउने सहकारी संस्थाहरुमार्फत अनुदान वितरण सुरु गर्छौं ।” पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी डा। बबलु ठाकुरले भने, “फागुनको ९ गतेसम्म आएको प्रस्तावहरुको मूल्यांकन गरी सहकारी छनौट गरेर उनीहरुको खातामा रकम पठाइदिन्छौं । सरकारीमार्फत किसानहरुले एकमुष्ठ रकम बुझ्छन्, त्यो रकम बुझेको भरपाई हामीलाई पठाउनुपर्नेछ ।”


अनुदान प्राप्त गर्नको लागि किसानले सहकारीमार्फत नै दूध बेच्नुपर्ने अनिवार्य गरिएको छ । गत वर्ष दूध बिक्री गरेको आधारमा यो वर्ष किसानले अनुदान पाउनेछन् । भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बनाएको कार्यविधिअनुसार अनुदान पाउनका लागि दुग्ध सहकारीहरुलाई पनि मापदण्ड तोकिएको छ । सम्बन्धित दुग्ध सहकारी संस्थाले दैनिक कम्तिमा ३ सय लिटर दूध संकलन गरेको हुनुपर्ने साथै वार्षिक कम्तीमा २ सय दिन दूधको कारोबार गरेको हुनुपर्नेछ । एउटै दुग्ध उत्पादक सहकारी संस्थालाई ३ वर्षसम्म मात्र अनुदान उपलब्ध गराइने पनि कार्यविधिमा उल्लेख गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *