Search
Close this search box.
Search
Close this search box.

बाङ्लादेशको रेलमा आगलागी हुँदा ४ जनाको मृत्यु

ढाका। बङ्गलादेशको राजधानी ढाकामा मङ्गलबार रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । सो घटना बिहान ५ बजेतिर भएको हो । 

प्रतिपक्षी दलले आगामी महिना हुने राष्ट्रिय निर्वाचन अगावै सरकारले राजीनामा दिनुपर्ने माग गर्दै आह्वान गरेको देशव्यापी बन्दका क्रममा सो आगजनी भएको बताइएको छ ।

तीनवटा अग्नि नियन्त्रक घटनास्थलमा पुगेका छन् । रेलबाट बाहिर निस्कने क्रममा थुप्रै मानिसहरू घाइते भएको रेलमन्त्री नुरुल इस्लाम सुजनले पत्रकारलाई जानकारी दिएका छन् ।  

बङ्गलादेशको प्रमुख प्रतिपक्षी दल बङ्गलादेश नेस्नलिस्ट पार्टी (बीएनपी) र यसका सहयोगीहरूले जनवरी ७ को आम निर्वाचन नजिकिएसँगै मङ्गलवार बिहानदेखि साँझसम्म हडतालको आह्वान गरेका छन् ।

आन्दोलनले ढाका र अन्य ठाउँमा अक्टोबरको अन्त्यदेखि लगातार प्रहरी तथा मजदुर बीचको घातक झडप बढाउँदै लगेको छ । साथै सवारीसाधनको तोडफोड र आगजनीका यस्ता थुप्रै घटना निम्त्याएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *