Search
Close this search box.
Search
Close this search box.

बाजुरा केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भुकम्प

बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार बाजुराको कोल्टी आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ६ बजेर ५२ मिनेटमा ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो।

बाजुरामा गत वर्षको माघ १० गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पले बाजुरामा मानवीयसँगै ठूलो भौतिक क्षति भएको थियो।

बाजुरामा भूकम्प गएको एक वर्ष हुन लाग्दासमेत धेरै प्रभावितले अझै आवास बनाउन सकेका छैनन्। आज बिहान फेरि भूकम्प जाँदा भूकम्पबाट प्रभावित बनेका पीडित त्रसित बनेका छन्। 

गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा १५४ जनाको मृत्यु भएको थियो। 

भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ३० हजार भन्दा धेरै घर ध्वस्त भएका छन्। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *