Search
Close this search box.
Search
Close this search box.

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १०० नाघ्यो, ४१ जना बेपत्ता

  • सोमबारदेखिको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका कारण बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बाढीपहिरोमा परी प्रदेश १ मा ६० जना, बागमतीमा १ जना, कर्णालीमा ७ जना, लुम्बिनीमा २ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको हो ।

त्यस्तै बाढीपहिरोमा परी ४० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रदेश १ मा १९ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा १७ जना घाइते भएको प्रहरीको तथ्यांक छ ।

EPIC

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढी पहिरोमा परी प्रदेश १ मा १३ जना, प्रदेश २ मा १ जना, लुम्बिनीमा ३ जना, कर्णालीमा १ जना र सुदूरपश्चिममा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

PLAN

बाढीको कारण २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

१ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ७७  वटा घरपरिवार विस्थापित भएका छन् ।

बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयको समन्वय र सहयोगमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *