बाबुरामको पहलमा एमाले र जसपाबीच तालमेल

गोरखा , मौन अवधि सुरु हुनै लाग्दा मंगलबार गोरखाको पालुङटार नगरपालिकामा जसपा र एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । सहमतिअनुसार पालुङटार नगरपालिकाको प्रमुखमा एमालेले जसपालाई र उपप्रमुखमा जसपाले एमालेलाई सघाउने भएका छन्।

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगरमा जसपा र नेकपा एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।
नगरपालिकाको ६, ७ र १० मा एमालेलाई तथा ४ र ५ नम्बर वडामा जसपालाई एकअर्कालाई सघाउने पनि सहमति भएको छ। सहमतिपत्रमा जसपाका तर्फबाट अध्यक्ष यानप्रसाद भट्ट र एमालेका तर्फबाट प्रेम गुरुङले हस्ताक्षर गरेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

बाबुराम भट्टराई पछिल्ला दिनहरुमा एमालेप्रति निकै आक्रामक रहेपनि,बाबुरामकै पहलमा एमालेसँग तालमेल भएको हो।

सहमतिपत्र

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *