बार्षिक उत्सवको अवसरमा रमाईलो सेवा समुहद्वारा बृद्धबृद्धालाई खाद्यान्न र नगद वितरण

इलाम : रमाईलो सेवा समुह नेपालले इलामको गोदक स्थित माई भगवती बृद्धाश्रमका रहेका बृद्ध बृद्धालाई खाद्ययन्न तथा नगद वितरण गरेको छ ।
समुहको दोस्रो बार्षिक उत्सवको अवसर पारेर बृद्धाश्रममा रहेका १९जना बृद्ध बृद्धालाई खाद्ययन्न तथा नगद वितरण गरिएको समुहको अध्यक्ष पुष्पलाल भट्टराईले जनाकारी दिए ।

उनका अनुसार उनीहरुलाई चामल, दाल, चेवनप्रास, तथा जनही ५ सय रुपैंया नगद प्रदान गरिएको हो । साथै समुहले आफ्नो जन्मदिनमा केक काटेको थियो ।

EPIC EPIC EPIC

समुहका पदाधिकारी सहित सहयोगीहरुबाट संकलित सामाग्रि उनीहरुलाई प्रदान गरिएको बताइएको छ ।

समुहको सल्लाहकार संयोजक कृष्ण घिमिरेले औचित्माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सदस्य टिंकु भट्टराईले गरेका थिए । कार्यक्रममा समुहका कोषध्यक्ष्ँ अर्जुन शर्मा, सदस्यहरु अञ्जली खतिवडा, अम्बिका कटुवाल कार्की, शिला आचार्य, सचिन कर्माचार्य,

सीता दाहाल, सुरेन प्रधान, अञ्जली प्रधान, प्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो । समुहले प्रथम बार्षिक उत्सव झापामा मनाएको थियो भने दोस्रो भने इलाममा पुगेर मनाएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *