Search
Close this search box.
Search
Close this search box.

बालिका बलात्कार गरेको अभियोगमा युवक पक्राउ

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२, बसुण्डोलकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा छिमेकी पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय सुरेश लोहार छन् ।

महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सोमबार साँझ बालिकाको परिवारले उजुरी दिएपछि युवक पक्राउ परेका हुन्  । पीडितको सोमबारै थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण गराइएको उनले बताए ।

बालिकालाई भेट्न बोलाएर कोठामा लगी करणी गरेको पीडित परिवारको जाहेरीमा उल्लेख छ । लोहारलाई मुलुकी अपराध संहितामा भएको करणी सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *