बाह्रदशीमा कञ्चन ज्योतिकी सिम्रनले ल्याइन् एसईई परिक्षामा गाउँपालिकाकै उत्कृष्ट नतिजा

नवीन उप्रेती/ बाह्रदशी।  बाह्रदशी गाउँपालिकाको कञ्चन ज्योति अङ्ग्रेजी माविले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा निकालेको छ। 

आज प्रकाशित एसईईको नतिजामा विद्यालयकी छात्रा सिम्रन सापकोटाले ३.८७ जिपिएसहित उत्कृष्ट नतिजा निकालेको माविका प्रधानाध्यापक निमेश ढुङ्गेलले जानकारी दिनुभयो
“हामी यसपालि पालिका उत्कृष्ट भयौँ, १८ सहभागी मध्ये सिम्रन सापकोटाले ३.८७ जिपिए ल्याएकी हुन्। हाम्रो नतिजामा हामी धेरै खुशी छौं।’ उहाँले भन्नुभयो। 

EPIC EPIC EPIC EPIC EPIC

त्यसै, बाह्रदशी गाउँपालिका ६ स्थित मिनी माउन्टेन अङ्ग्रेजी मा.विबाट एसईई परीक्षा २०८० मा सामेल विद्यार्थीहरू सबै सत प्रतिशत उत्कृष्ट नतिजा ल्याएर उत्रिर्ण भएको विद्यालयले जनाएको छ। साथै विद्यालयकी छात्रा सविता कार्कीले  ३.८४ जिपिए ल्याएर बाह्रदशी गाउँपालिकामा दोस्रो  स्थान प्राप्त गरेको विद्यालयको दावी छ।

पालिका दोस्रो उत्कृष्ट नतिजा: सविता कार्की जिपिए ३.८४

विद्यालयले दावी गरेपनि बाह्रदशी गाउँपालिकाको शिक्षा शाखाले भने यसबारे यकिन नभएको बताएको छ। उक्त विद्यालयको उत्कृष्ट ल्याएको हल्ला भने चलेको हो यसबारे यकिन गर्न विद्यालयलाई फारम पठाएका छौं फारम भरेर आएपछि मात्र पक्का हुने शिक्षाका प्राविधिक सहायक योगराज पौडेलले बताए। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *