Search
Close this search box.
Search
Close this search box.

बिएण्डसीले सञ्चालनमा ल्यायाे अत्याधुनिक क्याथल्याव

झापा । झापाको बिर्तामोडस्थित विएण्डसी अस्पतालले मुटुका रोगीका लागि क्याथल्याव सेवा सञ्चालनमा ल्याएको छ ।

अस्पतालले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अस्पतालमा क्याथल्याव सेवा सञ्चालनमा ल्याएको जानकारी गराएको छ। मुटु रोगीहरुलाई सहज र गुणस्तरीय सेवा दिने उदेश्यले क्याथ ल्याव सेवा सञ्चालनमा ल्याएको अस्पतालका कार्डियोलोजिष्ट डा उमेश यादवले बताएका छन् ।

“अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अब मुटुका विरामीले उपचारका लागि भारतको दिल्ली, भ्यालोर र काठमाडौं जानु नपर्ने बताएका छन् ।”

अस्पतालले आगामी २ बर्ष भित्र मुटु समेत प्रत्यारोपण गर्ने गरीको तयारी थालेको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अब मुटुका विरामीले उपचारका लागि भारतको दिल्ली, भ्यालोर र काठमाडौं जानु नपर्ने बताए ।

अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उमेश यादव सहितको टोलीले सेवा प्रदान गर्ने र आजबाट सेवा समेत सुचारु भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् ।
कार्यक्रममा भारतको चेन्नईबाट आएका मुटुरोग विशेषज्ञ डा. अवनकुमार, हस्पिटलका मेडिकल डाइरेक्टर निराजन पराजुली, हस्पिटलकी अध्यक्ष इन्दिरा गिरी लगायतले अस्पतालले प्रदान गर्ने सेवाको विषयमा जानकारी गराएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *