बिएन्डसी अस्पतालले मेडिकल कलेजको सम्बन्धन पाउँछ: प्रधानमन्त्री ओली

बिर्तामोड –  प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको विश्वस्तरीय उपचार गर्दै आएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन् ।

EPIC

प्रधानमन्त्री ओली र संविधानसभा सदस्य सुवास नेम्वाङले मंगलबार अस्पताल परिसरमा आयोजित भव्य समारोहमा संयुक्त रुपमा क्यान्सर अस्पतालको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले झापाको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रिया अगाडि बढेको जानकारी दिए । पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएन्डसी अस्पताल तथा मेडिकल कलेज दुवैका कार्यकारी निर्देशक दुर्गा प्रसाईं हुन् ।

ओलीले मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया अगाडि बढेको पनि बताए । उनले बिएन्डसीलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिन लागेको जानकारी दिए । ’बिएन्डसी टिचिङ अस्पताल बनाउने काम अगाडि बढिसकेको प्रसाईंलाई थाहा छ, यो काम अगाडि बढिसक्यो,’ प्रधानमन्त्री ओलीले भने, ’अब यो अस्पतालका रुपमा मात्र होइन, शिक्षण अस्पतालको रुपमा हुन्छ ।’

EPIC EPIC EPIC

मेडिकल कलेजको सम्बन्धनका लागि भौतिक पूर्वाधार, उपकरण, जनशक्ति लगायतका मापदण्ड पूरा भएकाले कलेजलाई सम्बन्धन दिन कुनै अप्ठ्यारो नहुने प्रधानमन्त्रीको जिकिर थियो । ओलीले देशकै लागि क्यान्सर अस्पताल गौरवको विषय भएको बताए ।

EPIC

उनले पूर्वाञ्चल क्यान्सर अस्पताल अत्याधुनिक अस्पताल भएकाले अब नेपालीलाई उपचारमा सहज भएको बताए । उनले नेपाल उपचारका लागि सस्तो हुने भन्दै पूर्वाञ्चल क्यान्सर अस्पतालबाट छिमेकी देश भारतका नागरिकलाई समेत उपचारमा सहज हुने बताए ।

उद्घाटनपछि देशमा विकासको लहर छाइरहेको भन्दै दुर्गा प्रसाईं साहसी व्यक्ति भएको उनले चर्चा गरे । ओलीले कसैले आलोचना गर्दैमा प्रसाईं पछि नहट्ने मानिस रहेको बताए । आलोचनालाई ब्रान्ड बनाउने प्रसाईंको विशेषता रहेको उनको भनाइ थियो ।

‘भन्नेहरू भन्दै गर्छन्, आलोचना गर्नेहरू गर्दै गर्छन्,’ ओलीले भने, ‘दुर्गा प्रसाईंको विशेषता छ, मार्सी चामल भनेर आलोचना भयो उहाँले एउटा ब्रान्ड नै बनाइ दिनुभयो । माफिया ह्विस्की, डन इनर्जी ड्रिन्क । जेजे गाली गर्या छन् दुर्गा प्रसाईंले ब्रान्ड बनाइदिनु भएको छ ।’

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar