बिग बास खेल्न सन्दीप मङ्‍गलबार अस्ट्रेलिया जाने

काठमाडाैं। नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) खेल्न अर्को साता अस्ट्रेलिया जाने भएका छन्। तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहेका लामिछाने आगामी मङ्‍गलबार कतार एयरवेजबाट अस्ट्रेलिया प्रस्थान गर्नेछन्।

EPIC

अस्ट्रेलिया पुगेपछि लामिछाने १४ दिन क्वारेन्टिनमा बस्ने उजका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। यसपटक लामिछाने होबार्ट हुरिकन्सबाट बिग बास खेल्ने तयारीमा छन्।

यसअघि उनले लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेलेका थिए। दशौँ संस्करणको बिग बास लिग आजदेखि सुरु भएको छ। आज सम्पन्न पहिलो खेलमा लामिछाने आबद्ध हुरिकन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ।

क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले केही खेल गुमाउनुपर्ने व्यवस्थापक शिवाकोटीले बताए। उनले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए।

EPIC EPIC EPIC

यसअघि लामिछानेले गत साउनमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेका थिए। ट्रिनिडाड एण्ड टोबागोमा भएको सीपीएलमा उनले जमैका तलाबाजमा आबद्ध भई ११ खेलमा १२ विकेट लिएका थिए।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar