बिपी राजमार्गमा भएको माइक्रोबस दुर्घटनामा एकजनाको ज्यान गयो 

काठमाडौं । सिन्धुलीमाको खुर्कोट नजिकै बिपी राजमार्गमा भएको माइक्रोबस दुर्घटना एक जनाको ज्यान गएको छ । 

बिहीबार साँझ काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस सुनकोशी गाउँपालिका–६ कानढुंग्रे भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका–१० का ५० वर्षीय निर्मल गुप्ताको ज्यान गएको हो । 

EPIC EPIC EPIC

गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बिहीबार साँझ ५ः३० बजे पछाडिको टायर पञ्चर हुँदा सडक छेउको डिभाइडरमा ठोक्किएर माइक्रो बस दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका ६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । अरू ६ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको सिन्धुली प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *