Search
Close this search box.
Search
Close this search box.

बिर्तामोडका पूर्व मेयर शिवाकोटी जबरजस्ती करणी आरोपमा जेल चलान

झापा, २२ पुष । झापा जिल्ला अदालतको आदेशअनुसार बिर्तामोडका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई १६ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि जेल चलान गरिएको छ।

यस विषयमा थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले अनुसन्धानका लागि थुनामा राख्न आदेश दिएको हो। अदालतका स्रेस्तेदार किरणकुमार सिंहका अनुसार शिवाकोटीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनलाई आवश्यक स्वास्थ्य उपचारको व्यवस्था गर्न आदेश दिइएको छ।

EPIC EPIC EPIC

यससम्बन्धी पत्र झापा कारागार प्रशासनलाई पठाइएको छ। शिवाकोटीको तर्फबाट कानुन व्यवसायी अशोक पोखरेल, गजेन्द्र आचार्य, टंक उप्रेती, र बालकुमार कट्ठालले बहस गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *