Search
Close this search box.
Search
Close this search box.

बिर्तामोडकी विष्णुमायाको हत्या आरोपमा दुईजना पक्राउ

बिर्तामोड। बिर्तामोड–४ कालिका नगर निवासी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिष्टको हत्या भएको २० दिन पछाडी हत्या आरोपमा आज प्रहरीले बिर्तामोड–४ का २१ बर्षीयागंगा चौधरी र (एक नाम खुल्न बाँकी)लाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनिहरुले हत्या आरोप स्विकार गरि सकेका छन् । चौधरीको घर बिष्टको घरबाट २ सय मिटर भित्र रहेको छ । चौधरीकै बयानका आधारमा अर्का आरोपीलाई पक्राउ गरिएको हो ।

गत बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिका नगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या भएको थियो । हत्याराको खोजीका लागि प्रहरीको चार वटा टोली लगातार खटिए थियो । कुनै सुराक फेला पार्न नसकेको कारण केही ढिला अभियुक्त पक्राउ परेको प्रहरी स्रोतको दावी छ ।

घटना भएपछि सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी बिर्तामोडको प्रहरीको टोली गरी चार वटा टोलीले संयुक्त अनुसन्धान गरिरहेका थिए । बैशाख २६ गत घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *