Search
Close this search box.
Search
Close this search box.

बिर्तामोडको गाउँले होटलका सञ्चालक चारआली जंगलमा मृत भेटिए

बिर्तामोड । बिर्तामोडको गाउँले होटलका सञ्चालक तिलक निरौला चारआली जंगलमा मृत फेला परेका छन् ।

निरौला मोटरसाइकलसहित २ दिनअघि बेपत्ता भएको सामाजिक सञ्जालमा सूचनाको रुपमा आएको थियो । उनको बारेमा मे. ९ प २२०९ नम्बरको साइन मोटरसाइकलसहित निरौला बेपत्ता भएको सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।

यसैबीच, बिर्तामोड ५ बस्ने निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ । लाश जंगलभित्र रहेको र हत्या भए नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *