Search
Close this search box.
Search
Close this search box.

बिर्तामोडको हरेक कार्यालयमा टिफिन बक्सको सेवा

बिर्तामोड । ड्रिम्स ग्रुप अफ कम्पनीले बिर्तामोडमा ‘टिफिन बक्स’ शुरु गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनी बिर्तामोडमा पत्रकार सम्मेलन गरेर टिफिन बक्सको शुभारम्भ भएको घोषणा गरेका छन् ।

टिफिन बक्समा हालेर खाजा पु¥याउने पूर्व मै पहिलो ड्रिम्सले झापामा सेवा प्रारम्भ गरेको हो । व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै सबै क्षेत्रमा कार्यरत व्यक्तिलाई खाजा पु¥याउने लक्ष्य लिइएको पुडासैनीले जानकारी दिए । उनका अनुसार न्यूनतम ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्ममा मेनुमा उल्लेख खाजा उपलब्ध गराइनेछ । हप्तामा एकदिन मेनु संकलन गर्ने र हप्ताभर सोही अनुसारको खाजा दिइने ड्रिम्सले जनाएको छ ।

विभिन्न क्षेत्रमा काम गर्दै आएको सो कम्पनीले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, बीमा कम्पनी, विधालय र व्यवसायीलाई खाजा सेवा उपलब्ध गराउने तयारी गरेको छ । हालसम्म १ सय ५० जनाले टिफिन बक्सका लागि सम्झौता गरिसकेको कम्पनीका कार्यकारी निर्देशक सरोज खरेलले बताए । उनले हरेक दिन आफ्ना ग्राहकलाई स्वच्छ र स्तरीय खाजा खुवाउने बताए । १२ जना कर्मचारीले टिफिन बक्सको लागि काम गर्नेछन् । कम्पनीमा ५२ जनाले रोजगार पाएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *