Search
Close this search box.
Search
Close this search box.

बिर्तामोडबाट भारतीय माछा पक्राउ गरि नष्ट

बिर्तामोड । बिर्तामोड नगर प्रहरीले बरामद भएको मरेका माछा नष्ट गरेको छ । नगर प्रहरीको गस्ती टोलीले प्रतिवन्धित भारतीय मरेका ७० किलो माछा विर्ता बजारबाट बिहीबार बरामद गरेको थियो ।

रहु र ताम्पत जातका मरेका माछा स्थानीय व्यवसायी मदन माझी र दिलिप माझीले विक्री गर्दै गरेको अवस्थामा नगर प्रहरीले फेला पारेपछि नियन्त्रणमा लिएको जनाईएको छ । उक्त माछा प्रक्रिया पुरा गरी आज खाल्डो खनेर पुरिएको नगर प्रहरीका सहकमाण्डर टंक प्रसाद तिम्सिनाले जानकारी दिए ।

EPIC

बिर्तामोड नगरपालिका क्षेत्रभित्र मरेका अस्वस्थकर माछा विक्री वितरण पुर्णरुपमा प्रतिवन्ध छ । चाडवाड नजिकिएसंगै लुकीछिपी अस्वस्थकर माछा विक्री वितरण हुन सक्ने भन्दै नगर प्रहरीले सक्रियता बढाएको छ । नगर प्रहरीले यस अघि पनि ठुलो परिमाणमा प्रतिवन्धित माछा नियन्त्रणमा लिएर नष्ट गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *