बिर्तामोडमा आगलागीबाट निधि माविको बस जलेर नष्ट, अन्य दुई बसमा क्षति

बिर्तामोड। झापाको पश्चिम बसपार्क नजिक रहेको ग्यारेजमा आज बिहान १०:३० बजे आगलागी हुँदा तीनवटा बसमा क्षति पुगेको छ। निदि क्याम्पसको मे १ ख ३३४५ नम्बरको स्कुल बस मर्मत गर्ने क्रममा अचानक विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट स्कुल बस पूर्ण रूपमा जलेर नष्ट भएको छ भने, मे १ ख २२१५ नम्बरको मातृ भाग्यरेखा बसको अगाडिको भाग जलेर क्षति भएको छ। साथै, प्र १-०१-००१ ख ४१२६ नम्बरको बसको पेन्टिङ पनि जलेको छ।

EPIC EPIC EPIC

प्रहरीका अनुसार तीनवटा बसमा भएको क्षति अनुमानित २१ लाख रुपैयाँ बराबरको छ। आगो बिर्तामोड नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *