Search
Close this search box.
Search
Close this search box.

बिर्तामोडमा टाटाको पन्च इभी सार्वजनिक

बिर्तामोड (पालिका सन्देश)। बिर्तामोडमा रहेको अलास्का अटोमोबाइले टाटा मोर्टसको बहुप्रतिक्षित पञ्च इभी लन्च गरेको छ । आज एक कार्यक्रमका बिच लन्च गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि उद्योग बाणिज्य संधका केन्द्रिय सदस्य उमेश डालमिया र अटोमोबाइलका महाप्रबन्धक सावन्त जंग सिजापतिले संयुक्त रुपमा कारको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य नानीराज घिमिरे, पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, मेची यातातात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र रिजाल,पुर्व प्रहरी संगठन झापाका उपाध्यक्ष देवी संग्रौला, समाजसेवी युवराज प्रसाई, विश्व हिन्दु महासंघका अध्यक्ष ध्रुव शिवाकोटी लगायतले झापामा इभी सवारी आउनु सुखद कुरा भएको बताउदै सम्मानित खरिदकर्तालाई शुभकामना दिएका थिए ।

EPIC

कार्यक्रममा बिर्तामोडका उपभोक्ता जिवन सापकोटा, युवराज काफ्ले, विजय खतिवडालाई सम्मान सहित चाबी हस्तान्तरण गरिएको थियो । गाडीको करीव ३३ लाख ९९ हजार देखी ३८ लाख ९९ हजार सम्म मुल्य रहेको कोशी प्रदेश संयोजक जर्नादन पराजुलीले जानकारी दिनुभयो ।

इभीका नेपालभरी १ सय ६६ स्थानका चार्जर स्टेशन रहेको केही थप गर्ने योजना रहेको डिलर मेनेजर मेघराज ढुङगाले बताउनुभयो । इभी भेकल लञ्च कार्यक्रममा बोल्दै प्रमुख अतिथी उमेश डालमियाले गाडीमा धेरै विशेषता रहको बताउनुभयो । उहाँले प्रदुषण कम गर्ने भएकाले अबको रोजाई इभीनै हुनु पर्नेमा जोड दिनु भयो ।

पञ्च इभी अन्य सवारी साधन भन्दा धेरै फरक फिचर रहेको छ । यस गाडीको चारवटा चक्कामा डिस ब्रेक लगाइएको छ । फोल्डिङ मिमर रहने भएकाले सानो पार्किङ एरियामा सजिलै पार्क गर्न सकिन्छ । गाडी ४ वटा भाषामा भ्वाइस कमाण्ड दिने लगायत अनेकौ फिचरहरु रहको अलास्का अटोमोबाइलका सञ्चालक प्रकाश शिवाकोटीले जानकारी दिनुभयो । माइलेज २७० देखि २९० सम्म रहेको शिवाकोटीले बताउनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *