बिर्तामोडमा निशान मोटर्सको बी–एसयूभी म्याग्नाइट गाडीको बिक्री सुरु

बिर्तामोड – कोरोनाका कहरका कारणले गर्दा झण्डै एक बर्ष नयाँ गाडीहरु बिर्तामोडमा आईनरहेको अवस्थामा झापाको बिर्तामोडमा निशान मोटर्सको बहुप्रतीक्षित बी–एसयूभी म्याग्नाइट गाडीको ल्याएर बिक्री शुरु भएको छ ।

बिर्तामोडको भद्रपुर रोडस्थित बिजुली अफिस अगाडि रहेको निशान मोटरका लागि आधिकारिक बिक्रेता निशान सोरुमबाट म्याग्नाइट गाडीको मंगलवारबाट बिक्री बितरण शुरु भएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले नयाँ मोडलको गाडी अनावरण गरेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

अनलाइनमार्फत विश्वव्यापी रूपमा गाडीको वुकिङ गर्न सकिने बताउँदै निशान मोटर्सका लागि आधिकारिक विक्रेता निशान मोटरर्स बिर्तामोडका सञ्चालक रोनक वंशलले सोमवार काठमाडौंमा पहिलो पटक म्याग्नाइट गाडीको सार्वजनिक गरिएको र झापामा पनि उत्कृष्ट फिचरका गाडीहरु आइसकेको बताएका छन् ।

निशान नेपालको आधिकारिक विक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्याग्नाइट लञ्च गर्ने पूर्वतयारी शुरू गरेको छ । यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयूभीमा स्पोर्टी लुक्ससहित एलईडी हेडल्याम्प, एलईडी डीआरएल, फ्लोटिङ रूफ, ड्युअल टोन बडी पेन्ट, ड्युअल टोन रियर बम्पर जस्ता विशेषता रहेका निशानका बिर्तामोड प्रतिनिधि तेज पौडेलले बताए ।

निशान म्याग्नाइट कम्पनीले यसमा १.० लिटर टर्बो चार्ज्ड इन्जिन दिने छ । उक्त इन्जिनले ९५ हर्सपावर प्रदान गर्नेछ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइने छ । यस कारमा ८ इञ्चफुल फ्लस टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टीएफटी ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरालगायत फिचर पनि छन् ।

विविध अत्याधुनिक विशेषता रहेको निशान म्याग्नाइट आफ्नो सेगमेन्टको ‘गेमचेन्जर’ बन्ने अपेक्षा कम्पनीले गरेको छ । निशान म्याग्नाइट गाडीको मूल्य २९ लाख ४९ हजार रुपैयाँबाट शुरु हुने निशानका बिर्तामोड सञ्चालक वंशालले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *