बिर्तामोड । बिहिवार झापाको बिर्तामोडमा अर्काको नाममा ट्रायल दिँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका वडा नम्बर ९ का ३७ वर्षीय हरि श्रेष्ठ भनिने हरिबहादुर प्रधानलाई छन् । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।
बिहीबार बिहान बिर्तामोडस्थित कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टरमा २१ वर्षीय भाइ सुजितबहादुर श्रेष्ठको नाममा ट्रायल दिँदै गरेको फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए ।
प्रधानलाई इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।