झापाको बिर्तामोडस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी) का सहायक मेनेजर दिनेश पनेरुलाई एक समूहले दुव्र्यवहार गरेको आरोप छ । पनेरुलाई दुर्गा प्रसाईं समर्थक देवी सङ्ग्रौलासहितको समूहले दुव्र्यवहार गरेका हुन् ।
ऋणको विषयमा छलफल गर्न भन्दै सङ्ग्रौला सहितको समूहले पनेरुलाई घरबाट चिया पसलमा जबरजस्ती लगेका थिए । त्यहाँबाट दुर्गा प्रसाईंको बीएण्डसी अस्पतालमा लैजान खोज्दा पनेरुले अस्वीकार गरेपछि दुव्र्यवहार गरेको आरोप छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा दुवै पक्षबिच छलफल भइरहेको डिएसपी सुरज कार्कीले जानकारी दिए । प्रहरीले प्रसाईका समर्थक देवी संग्रौलालाई दुव्र्यवहार संलग्न भएको आरोमा पक्राउ गरिसेकको छ भने उनको रिहाईका लागि समर्थकहरुले प्रदर्शनको तयारी थालेका छन् ।