Search
Close this search box.
Search
Close this search box.

बिर्तामोड उद्योग वाणिज्य संघ अध्यक्ष प्रकाश शिवाकोटी सम्मानित

बुुधबारे, फागुुन २२ । बिर्तामोड उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचन मार्फत अध्यक्षमा निर्वाचित भएका प्रकाश शिवाकोटीलाई सम्मान गरिएको छ ।

शिवाकोटीलाई शनिवार सफल व्यवसायी तथा समाजसेवीका रुपमा शनिश्चरे माध्यमिक बिद्यालय ५१ र ५२ को व्याचले सम्मान गरेको हो । उनको प्रशंसासहित सम्मान गरिएको हो ।

लता भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन रमेश रिजालले गरेका थिए । स्वागत भने चन्द्र अाचार्यले गरेका थिए ।कार्यक्रममा सम्मानित व्यक्तित्व शिवाकोटीले चुनावमा विजयी गराउन भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद दिँदै आफूले चुनावताका बोलेका कुराहरु अक्षरस पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उता बुधबारे जेसिजले समेत आजै शिवाकोटीलाई सम्मान गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *