Search
Close this search box.
Search
Close this search box.

बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गर्यो एक करोडको राहतकोष

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ ।

संघमा आबद्ध सदस्य तथा फर्ममा हुने दैवी विपत्तिका कारण व्यवसायीलाई पुग्ने क्षतिलाई मध्यनजर गर्दै विपतमा परेका व्यवसायीलाई राहत उपलब्ध गराउन कोष स्थापना गरिएको हो ।

EPIC EPIC

राहत कोषमा रकम जम्मा गर्न शुरु गरिएको छ । संघको बिहीवार बसेको बैठकले कोष स्थापना गर्ने निर्णय गर्दै रकम संकलन कार्य शुरु गरेको हो ।

संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले विपतमा व्यवसायीलाई राहत उपलब्ध गराउन कोष स्थापना गरेको महासचिव कुशल खतिवडाले बताए ।

त्यस्तै, बैठकले विभिन्न उपसमितिसमेत गठन गरेको छ । संघका पूर्वअध्यक्ष प्रकाश शिवाकोटीको संयोजकत्वमा राजनीतिक दल सहजीकरण समिति गठन भएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ९राजु० संयोजक र शत्रुघनप्रसाद गुप्ता सदस्य रहेको महासंघ तथा विशिष्ट व्यक्तिसँगको सहकार्य एवं समन्वय समिति गठन भएको छ ।

यसैगरी, विशाल थापा संयोजक र डिल्लीराम कोइराला सदस्य रहेको जिल्ला प्रशासन, प्रहरी तथा सुरक्षा समन्वय समिति गठन गरिएको छ ।

जीवनकुमार खड्काको संयोजकत्वमा अनन्तलाल महतो सदस्य रहेको व्यावसायिक समस्या समाधान समिति गठन गरेको बैठकले गोमा भट्टराई संयोजक र सुशीलाकुमारी कार्की सदस्य रहेको संघ–संस्था समन्वय समिति गठन गरेको छ ।

पुकार बरालको संयोजकत्वमा रमेश घिमिरे सदस्य रहने गरी कृषि बजार व्यवस्थापन समन्वय समिति गठन गरिएको बैठकमा राजकुमार साह संयोजक र कृष्णप्रसाद बजगाईं सदस्य रहेको भन्सारसम्बन्धी समन्वय समिति गठन भएको छ ।

त्यस्तै, सो बैठकले युवराज निरौला संयोजक र केदार खनाल सदस्य रहेको आन्तरिक राजश्व तथा करसम्बन्धी समन्वय समिति, तिलोत्तमा खत्री संयोजक र सुष्मा उप्रेती ९सुवेदी० सदस्य रहेको महिला उद्यमी समन्वय समिति गठन गरेको जनाइएको छ ।

संघका महासचिव तथा प्रवक्ता खतिवडाका अनुसार उक्त बैठकबाट संघ एवं अतिथिसदन मर्मत व्यवस्थापन समितिको संयोजकमा दिनेश श्रेष्ठलाई चयन गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *