Search
Close this search box.
Search
Close this search box.

बिर्तामोड एजुकेशन फाउण्डेसन पाँचौँ वर्षमा

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको शैक्षिक परामर्श केन्द्र ‘बिर्तामोड एजुकेशन फाउण्डेसन प्रा.लि.’ स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श दिने उद्देश्यले २४ चैत २०७३ मा बिर्तामोड एजुकेशन फाउण्डेसन स्थापना भएको थियो ।

फाउण्डेशनका अध्यक्ष राजकुमार कार्कीका अनुसार इलामको फिक्कल र झापाको चारआलीमा फाउण्डेशनको शाखा कार्यालयसमेत स्थापना गरिएको छ ।

वि.सं २०७५ मा चारआली र २०७६ मा फिक्कलमा शाखा कार्यालय स्थापना गरी विद्यार्थीलाई आवश्यक सैक्षिक परामर्श सेवा प्रदान गरिरहेको अध्यक्ष कार्कीले बताए । फाउण्डेशनको मुख्य कार्यालय भने बिर्तामोडको भद्रपुर रोडमा रहेको छ ।
बिर्तामोड एजुकेशन फाउण्डेसनले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया तथा यूरोपियन मुलुक जान चाहने विद्यार्थीका लागि आवश्यक शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।

फाउण्डेशनले जापानिज, इङ्लिश, कोरियन भाषा प्रशिक्षणका साथै कम्प्युटर कक्षा र आईएलटीएस कक्षासमेत सूचारु गरिरहेको छ ।

स्थापनाको पाँचौँ वर्ष प्रवेशका अवसरमा फाउण्डेशनका अध्यक्ष कार्कीले सम्पूर्ण सहयोगी तथा शुभचिन्तकमा आभार व्यक्त गरेका छन् ।

अध्यक्ष कार्कीले सम्पूर्ण शुभचिन्तक, अग्रज व्यक्तित्व, शाखा प्रमुखलगायत कर्मचारी परिवार, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरुमा कृतज्ञतासहित धन्यवाद दिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *