बिर्तामोड नगरपालिकाको प्रेस विज्ञप्ति

बिर्तामोड नगरपालिका
नगर‌ कार्यपालिकाको‌ कार्यालय
बिर्तामोड, झापा १ नं. प्रदेश, नेपाल ,

EPIC

प्रेस विज्ञप्ति
मिति ः २०७७.०६.२५

बिर्तामोड नगरपालिकाले‌ नगरलाई विषादिमुक्त नगर‌ बनाउने‌ अभियान अन्र्तगत कृषि क्षेत्रको‌ प्रवर्धन र‌ विकासका निम्ति योजनाबद्ध रुपमा अगाडि बढिरहेको‌ सर्वविधितै‌ छ । नगरपालिकाले‌ पूर्वाधारयुक्त नगर‌, विषादिरहित कृषि र‌ व्यवसायको‌ अभिवृद्धि, सभ्य र‌ स्वस्थ्य बिर्तामोड नगरपालिकाको‌ समृद्धि भन्ने‌ मूल नारा तय गरेर‌ कार्य गरिरहेको‌ छ ।

नगरपालिकामा वर्तमान नेतृत्व आइसकेपछि तय गरिएका विभिन्न कार्यक्रम र‌ योजनामा कृषि, पशुपालन, पूर्वाधार‌ विकास, सञ्चार‌, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा गरिएका काम र‌ त्यसको‌ प्रगतिले‌ नगरको‌ मुहार‌ परिवर्तन हुँदै‌ गइरहेको‌ छ । यसै‌ परिप्रेक्षमा गत २०७७ साल असोज १५ गते‌ बसेको‌ नगरपालिकाको‌ बोर्ड बैठकले‌ बिर्तामोड नगरपालिकालाई विषादिमुक्त नगर‌ बनाउने‌ अभियानलाई साकार‌ पार्न कृषिजन्य उत्पादनको‌ सन्दर्भमा विशेष निर्णय गरेको‌ छ ।

EPIC EPIC EPIC

जस अन्र्तगत यस क्षेत्रका किसानहरुको‌ माग अनुरुप उनीहरुले‌ उत्पादन गरेका विषादिरहीत माछाको‌ बजारीकरण गर्नका लागि सडेगलेका माछाको‌ बिक्रीमा रोक लगाउने‌ बारेको‌ निर्णय नगर‌ कार्य पालिकाको‌ बैठकले‌ सर्वसम्मत रुपमा गरेको‌ हो ।
यस निर्णयबारेमा केही दिनयता विभिन्न सञ्चारमाध्यम र‌ सामाजिक सञ्जालमा अनेकन् भ्रमयुक्त भनाइ र‌ टिप्पणी आइरहेको‌ पाइएकाले‌ यसबारे‌ प्रष्ट पार्नु आवश्यक ठानी यो‌ विज्ञप्ति जारी गरिएको‌ छ । नगरपालिकाले‌ कसैलाई मर्का पानेर्‌ उद्देश्य नराखी नगरबासी तथा अन्य उपभोक्ताको‌ स्वास्थ्यलाई ख्यालमा राखेर‌ यो‌ निर्णय गरिएको‌ स्प्रष्ट पार्न चाहन्छौं ।

EPIC

नगरपालिकाले‌ नगरलाई विषादिमुक्त राख्ने‌ अभियान अन्र्तगत कृषि थोक बजारस्थलमा विषादि परीक्षण गनेर्‌ व्यवस्था मिलाएको‌ छ । कृषिथोकमा बाहिरबाट आउने‌ सबै‌ तरकारी र‌ फलफूलको‌ नियमित चेकजाँच गनेर्‌ व्यवस्था मिलाई नगरबासीलाई स्वच्छ र‌ अग्र्यानिक साग, सब्जी र‌ कृषिजन्य उत्पादन पुर्याउने‌ अभियान अगाडि बढाइएको‌ छ ।

तसर्थ, नगरपालिकाले‌ गरेको‌ यो‌ निर्णयमा कुनै‌ अन्योल सिर्जना नगर्न र‌ नगरबासी तथा अन्य उपभोक्ताको‌ स्वास्थ्यमाथि ख्याल गरेर‌ गरिएको‌ निर्णयको‌ अक्षरस पालना गर्न नगरपालिका सबैमा आह्वान गर्दछ ।

अग्निप्रसाद पाण्डे‌
प्रवक्ता
बिर्तामोड नगरपालिका

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar