बिर्तामोड नगर अस्पताललाई ६८ लाखको स्वास्थ्य सामग्री

भद्रपुर, १६ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बिर्तामोड नगर अस्पताललाई लाखौं मूल्य बराबरको स्वास्थ्य तथा प्राविधिक सामग्री हस्तान्तरण गर्नुभएको छ ।

दातृ संस्था हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएले वर्क फर नेपालको व्यवस्थापकीय सहयोगमा बिर्तामोड नगर अस्पताललाई प्रदान गरेको रू ६८ लाख बराबरको एक सय ३६ प्रकारका विभिन्न अस्पतालजन्य सामग्री सभामुख घिमिरेले हस्तान्तरण गर्नुभएको हो ।

EPIC EPIC EPIC

झापाको बिर्तामोड–३ स्थित बिर्तामोड नगर अस्पताललाई स्वास्थ्य तथा प्राविधिक सामग्री हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले पछिल्लो समय सरकारी अस्पताल सुविधा–सम्पन्न बन्दै गएकाले आमनागरिकले गुणस्तरीय सेवा प्राप्त गर्न थालेको बताउनुभयो ।

“सरकारी अस्पताल निजी अस्पतालसहर सुविधा सम्पन्न भइरहेका छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य सेवा सरल रुपमा आमनागरिकले पाउनुपर्छ, सरकार त्यसमा प्रतिबद्ध भएर लागेको छ ।”

सरकारी स्वास्थ्य संस्थाहरुलाई सुविधा सम्पन्न र आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन विभिन्न दातृ संस्थाले पनि सहयोग गरिरहेकाले उक्त कार्यको उहाँले प्रशंसा समेत गर्नुभयो । नगरबासीलाई स्वास्थ्यमा सहजरुपमा सेवा प्रदान गर्दै आएको बिर्तामोड नगर अस्पतालाई उपचारको मुख्य केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड समेत दिनुभयो ।

हेल्पिङ हेण्डका जीवप्रसाद पोखरेलले आमनागरिकको स्वास्थ्य सेवामा सहयोग पु¥याउने उद्देश्यले सामग्री प्रदान गरिएको बताउनुभयो ।

सभामुख घिमिरेको पहलमा प्राप्त ती सामग्री हस्तान्तरण कार्यक्रममा कोशी प्रदेशका खानेपानी सिञ्चाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, कोशी प्रदेशसभा सदस्य चिन्तन पाठक, बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आमनागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन सबैले आ–आफ्नो तहबाट सक्दो काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *