एजेन्सी। बिहारको सारणमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ।
सिभिल सर्जन, छपरा र छपरा सदर अस्पतालको रेकर्डअनुसार हालसम्म छपरामा रिफर गरिएका ३३ र पटनाको पीएमसीएचमा रिफर गरिएका तीनजना बिरामीको मृत्यु भएको छ।
यसबाहेक ईशुआपुर र फोजीमा जम्मा ७ जना बिरामी भेटिएका छन्। विषाक्त मदिरा पिएर घरभित्र लुकेर उपचार गराउँदै आएका यी व्यक्तिहरु ।
सिभिल सर्जन र अन्य धेरै टोलीले यस क्षेत्रमा घर–घर पुगेर अनुसन्धान गरिरहेका छन्। यति धेरै मृत्युको खबर सुनेपछि मानिसहरूलाई सावधानी अपनाउन अपील गरिएको छ।
बिहारमा ६ वर्षअघि मदिरा प्रतिबन्धपछि नक्कली रक्सी खाँदा मानिसको मृत्यु हुने यो सबैभन्दा ठूलो घटना हो।