बिहे गर्छु भन्दै फकाएर लगेपछि बलात्कार !

काठमाडौं। स्याङ्जामा १७ वर्षीया किशोरीलाई “विवाह गर्छु” भन्दै फकाएर लगेपछि बलात्कार गरेको एक युवकमाथि आरोप लागेको छ।

EPIC

बलात्कार गरेको आरोप लागेका १९ वर्षीय किशोर आशिष थापा पक्राउ परेका छन्।

जिल्लाको भिरकोट नगरपालिका वडा नम्बर ५ घर भएका उनी सोही नगरपालिका–६ को एक्वारमा बस्दै आएका थिए।

गत शनिबार राति “बिहे गर्छु” भन्दै ती किशोरीलाई फकाएर लगेपछि थापाले बलात्कार गरेको किशोरीपक्षले दिएको उजुरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।

EPIC EPIC EPIC

पक्राउपछि उनीविरुद्ध जबर्जस्ती करणी -बलात्कार सम्बन्धीको कसूरमा प्रहरीले मुद्दा दर्ता गरेको छ।

EPIC

थप अनुसन्धानको लागि जिल्ला अदालत स्याङजाबाट पाँच दिनको म्याद थप अनुमति लिएको प्रहरीले जनाएको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar