Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिका गाउँपालिकाका कर्मचारी नेपाललाई ठक्कर दिने पाँच पक्राउ

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाका कर्मचारी दीपक नेपाललाई मोटरसाइकलले ठक्कर दिने चालकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुद्धशान्ति गाउँपालिका १ पुल चौक बस्ने ३७ वर्षीय नेपाललाई बैशाख २४ गते राति मोटरसाइकलले ठक्कर दिई फरार भएका थिए । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते नेपालको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पताल मृत्यु भएको थियो ।

नेपाललाई ठक्कर दिने मे ७ प ४५१५ नं मोटरसाइकलका चालक बुद्धशान्ति ३ बस्ने २७ वर्षिय गिरीराज थापा ,पछाडि सवार सोही ठाउँका २७ वर्षिय शिवराज राई ,सँगै आएको को २ प ६३१५ नं को मोटरसाइकलका चालक २८ वर्षिय प्रकाश धिमाल ,पछाडि सवार २८ वर्षिय महेश धिमाल र मोटरसाइकल धनी २४ वर्षिय विपिन चेम्जोङलाई प्रहरीले पक्राउ गरेको हो ।

दुईवटा मोटरसाइकल अगाडि पछाडि हुँदै आउदै गर्दा मे ७ प ४५१५ नं मोटरसाइकलले नेपाललाई ठक्कर दिएको थियो । ठक्कर दिएर उनीहरु फरार भएका थिए ।

चालक थापालाई सवारी ज्यान कसूर र सहयोगी चारजनालाई सार्वजनिक न्यायविरुद्धको कसूरअन्तर्गत मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *