Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिका दुईयुवा क्लबको सक्रियतामा सरसफाइ र डस्टबिन वितरण

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित रहेको परिवर्तनशील युवा क्लब र रिभुलुसन युवा क्लबले सरसफाई कार्यक्रमको आयोजना गर्दै डस्बिन राखेको छ ।

अफ्नो गाउँ आफै बनाऔँ भन्ने मुल नाराका साथ आयोजित सरसफाई कार्यक्रममा बुद्धशान्ति ३ कन्चनबारी हेल्लो चोकदेखि डाडागाउँसम्म सरसफाई गरिएको छ । सोही अवसरमा करिब १५ वटा डस्बिन समेत राखिएको छ । अझ डस्विन निर्माण हुँदै गरेको समेत बताइएको छ ।

EPIC EPIC EPIC

सरसफाई तथा डस्विन राख्ने कार्यक्रममा परिवर्तनशील युवा क्लबका अध्यक्ष बिनोद रिजालले आफ्नो गाउँ टोलको सरसफाई गर्दै वातावरण स्वच्छ राख्न स्थानीयकै भुमिका महत्वपूर्ण रहेको भन्दै डस्बिन वितरण सुरुवात मात्रै रहेको र यसको संरक्षणमा सबै जिम्मेवार बन्नुपर्ने बताए । उनले आगामी दिनमा युवा र समाजका लागि धेरै कार्यक्रम गर्नुपर्ने र यसका लागि सम्पूर्णले सहयोग गर्न आग्रह गरे ।

यता रिभुलुसन युवा क्लबका अध्यक्ष सागर भण्डारीले वातावरण स्वच्छ राख्न सबै स्थानीयवासी नै सक्रिय बन्नु पर्ने बताए । र आगामी दिनमा समेत दुई क्लब सहकार्य गर्दै अघि बढ्ने बताए ।

करिव ५० भन्दा बढी युवाहरुको सक्रियतामा आयोजित सरसफाई कार्यक्रममा विद्युत प्राधिकरण बुधबारेका शिव बिष्ट, क्लबका सदस्य, समाजसेवी, स्थानीयको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन भने सचीव तीर्थ तिम्सिनाले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *