Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिका बरुण चक्कु हानेर भागेको आरोपमा पक्राउ

झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ बस्ने वरूण धिमाललाई प्रहरीले चक्कु प्रहार गरेको आरोपमा पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ८ घर भई बिर्तामोड ३ बस्ने काशीनाथ गौतमलाई चक्कु प्रहार गरेको अभियोगमा धिमाल पक्राउ परेका हुन् ।

बिर्तामोड- ३ स्थित विनिता ढकालको घरमा कोठा भाडा बस्दै आएका २८ वर्षीय धिमालले सोही घरको अर्को कोठामा डेरा गरी बस्दै आएका गौतमलाई जेठ ६ गते बेलुका ८ः३० बजे चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट पेट तथा शरीरको विभिन्न भागमा चोट लागि सख्त घाइते भएका गौतमको बिर्ता सिटी अस्पतालमा उपचार गरिएको थियो ।

गौतमलाई चक्कु प्रहार गरेर भागेका धिमाललाई प्रहरीले शनिबार बुद्धशान्तिस्थित पुलचोकबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका धिमाललाई झापा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *