Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिको मंगलबारेमा अस्थायी प्रहरी पोस्ट स्थापना

झापा, बुद्धशान्ति गाउँपालिका-४ स्थित मंगलबारेमा स्थानीय शान्ति सुरक्षा सुदृढ गर्न अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ। आइतबार आयोजित एक कार्यक्रमका बीच प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्माले उक्त प्रहरी पोस्टको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी कवीन्द्र राईसहित सुरक्षा निकायका प्रमुख एवं स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।

EPIC

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार यस पोस्टमा प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ जना प्रहरी परिचालन हुनेछन्। स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न यस पोस्टको स्थापना महत्वपूर्ण हुने विश्वास लिइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *