झापा(बुद्धशान्ति )। झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानीय ४१ बर्षीय दिनेश कुमाललाई ४ ग्राम लागूऔषध ब्राउनसुगर र नगद ४ हजारसहित तथा ४३ बर्षीय शेषराज सापकोटालाई १० ग्राम ब्राउनसुगर, कोडिन ३ बोतल, नाईट्रोजन २० चक्की, डिजिटल तराजु १ थान र मोवाइल थान २ सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान् गरिरहेको जनाएको छ ।