Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिबाट लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

बुद्धशान्ति – झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुधबारे चौकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका २ का २३ बर्षीय युरास ईवा लिम्बु, पाँचथर याङवरक गाउँपालिका २ बेतेनी घर भइ हाल झापा अर्जुनधारा नगरपालिका ११ बस्ने २५ बर्षीय उमेश बिक र ईलाम रोङ गाउँपालिका २ स्थित कुटिडाँडाका २३ बर्षीय सुलभ गुरुङ रहेका छन् ।

EPIC

बुधबार बेलुका साढे ७ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउनसुगर १० ग्राम २० मिलिग्राम र गाँजा ११ ग्राम ५० मिलिग्रामसहित पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनामाथि ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *