बुद्धशान्तिमा अनेरास्ववियु र राष्ट्रिय युवासंघद्वारा सरकार विरुद्ध विरोध प्रदर्शन

बुद्धशान्ति । झापाको बुधबारेमाअनेरास्ववियू र राष्ट्रिय यूवा संघ नेपाल बुद्धशान्तिले बुधबार विरोध कार्यक्रम गरेको छ ।

अस्वाभाविक मूल्यवृद्धि, असंवैधानिक अभिब्यक्ति र निर्वाचन नगर्ने चलखेलका विरुद्ध भन्दै अनेरास्ववियू र राष्ट्रिय यूवा संघ नेपाल बुद्धशान्तिले विरोध कार्यक्रम गरेको हो ।

EPIC EPIC EPIC

इलाका प्रहरी कार्यलय बुधबारे चोकदेखि बजार परिक्रमा गर्दै सरकारको विरोध गरिएको हो । प्ले कार्ड सहित युवाहरूको जमातले बिरोध कार्यक्रम गरेको थियो ।

सहभागी युवाहरुले प्ले कार्डमा लिपुलेक, लिम्पियाधुरा र कालापानी भूमि फिर्ता गर, भारतीय बिस्तारवाद मुर्दावाद, परमादेश सरकार मुर्दावाद, स्थानीय निकायको चुनावको मिति घोषणा गर, रेणु यादवलाई बर्खास्त गर लगायतका माग गरिएको युवा नेता मञ्जिल पाठकले बताए ।

प्ले कार्डमा अस्वाभाविक मूल्यवृद्धि, असंवैधानिक अभिब्यक्ति र निर्वाचन नगर्ने चलखेलका विरुद्धका नारा पनि लेखिएको थियो । विरोधसँगसँगै मास्क पनि वितरण गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *