Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिमा आगलागी : ४० वटा बोयर जातको बाख्रा जले

  • बिर्तामोड । झापामा गएराति एउटा फार्ममा आगलागी हुँदा ४० वटा बोयर जातको बाख्रा जलेर मरेका छन्।

आइतबार राति साढे १२ बजे सल्किएको आगोले बुद्धशान्ति गाउँपालिका ४ देवीबस्तीका ज्योति विमलीको बाख्रा फार्मका सबै बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। इँटा, काठ र टिनको छानो भएको एक तले बाख्रा फर्ममा अचानक आगो फैलिँदा ६५ लाख मूल्य बराबरका बाख्रा र बाख्रालाइ खुवाउने दाना जलेर नष्ट भएको प्रहरीको अनुमान छ।

राति साढे १२ बजे फैलिएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र विर्तामोड र चन्द्रगढीका दमकलको सहयोगमा पौने तीन बजे नियन्त्रणमा आएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *