बुद्धशान्तिमा कक्षा ११ को परिक्षा स्थगित गर्न माग(ज्ञापन पत्र सहित)

बुद्धशान्ति – कोरोना कहरका बिच श्रावण २२ गतेदेखि सञ्चालन हुने कक्षा ११ को परीक्षा स्थगित गर्न अनुरोध गर्दै आज बुद्धशान्ति गाउँपालिका शिक्षा शाखामा ज्ञापन पत्र बुझाइएको छ ।

बुद्धशान्तिका संस्थागत विद्यालयका संस्थापक, प्रिन्सिपल, अभिभावक सङ्घका पदाधिकारीको संयुक्त हस्ताक्षर सहित गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौलालाई ज्ञापन पत्र बुझाइएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलको कार्यकक्षमा उपाध्यक्ष मीरा भुर्तेल सहितको उपस्थितिमा कर्णाली एजुकेसन फाउन्डेसनका प्रिन्सिपल गङ्गाराम गड्तौलाले शिक्षा शाखा प्रमुख निरौलालाई बुझाइएको ज्ञापन पत्र बुझाइएको हो ।

कार्यक्रममा मुनामदन एकाडेमीका संस्थापक प्रिन्सिपल चेतन ढुङ्गेलले परीक्षार्थीहरू नै सङ्क्रमित रहेकाले परीक्षा केही समयपछि सार्न अनुरोध गरे । उनले केही विद्यार्थी समेत कोरोना सङ्क्रमित रहेको तथ्य अघि सार्दै अभिभावक तथा विद्यार्थीका छिमेकी सङ्क्रमित रहेकाले आवतजावतमा कठिनाइ हुने समेत बताए ।

त्यस्तै कर्णाली एजुकेसन फाउन्डेसनका कार्यकारी निर्देशक छत्र बहादुर कार्कीले विद्यार्थीहरू त्रसित भएकाले परीक्षा दिन नसक्ने बताएका छन् ।

ज्ञापन पत्र बुझ्दै बुद्धशान्ति शिक्षा शाखा प्रमुख कमल निरौलाले केही दिनमा आफूहरूले निर्णय दिने बताए । उनले कक्षा ११ को परीक्षा विद्यालयले आफ्नो अनुकूलतामा लिन सकिने बताए । सङ्क्रमितको सङ्ख्या बढ्दै गए विद्यालयले आफ्नै तरिकाले परीक्षा सञ्चालन गर्न सकिने उनले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *