बुद्धशान्तिमा काव्य विमर्श

बुद्धशान्ति – बुद्धशान्तिमा काव्य विमर्श सम्पन्न भएको छ । कथाकार ‘विश्व कुइकेल’को ‘सुगन्धपुर’ कथा संग्रहबारे शनिबार बुद्ध आदर्श माध्यमिक विद्यालय बुधबारेमा काव्य विमर्श गरिएको हो । बुद्ध आदर्श माविको आयोजना, बुद्धशान्ति साहित्यिक साँस्कृतिक प्रतिष्ठान, पिपल छहारी पुस्तकालय र घरदलान साहित्य अभियानको सहआयोजना रहेको कार्यक्रममा विद्यालयका व्यबस्थापन समिति अध्यक्ष मनोरथ तिवारीको अध्यक्षता, साहित्यकार भवानी क्षत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

Open photo

कार्यकममा साहित्यकारहरु लीला अनमोल, कृष्ण बराल, दामोदर ढुङ्गेल प्यानलिष्ट र मुनाराज शेर्मा सहजकर्ता रहेका थिए । कथाकार विश्व कुइकेलको कृतिभित्र परिपक्व किसिमले बुनिएका नयाँ नयाँ बान्कीका कथाहरु समेटिएका छन् । लेखकले देखेका, भोगेका समाजका छटपटाहटहरुका कथाहरु, समाजका सदस्यहरुले इतिहासदेखि वर्तमानसम्म भोगेका कथाहरु, सामाजिक, साँस्कृतिक र अर्थ राजनीतिक जीवनका अनेकन् उल्झन्हरुलाई परास्त गर्ने कथाहरु छन् प्रस्तुत कथा संग्रहमा ।

EPIC EPIC EPIC

यस कृति पढ्ने पाठकहरुले पनि कथामा आपैmलाई देख्न र भोग्न पाउँछन् । जडताभन्दा केही पर वा केही पेचिलो लाग्ने सौन्दर्यबोध छ । मानक कथनहरु माथि केही धारिला प्रतिकथनहरु छन् । अथवा मानकहरुमाथि प्रश्नहरु सहितको कथाकृति छ । समाजका मान्छेहरुले भोगेका कथाहरु, जसलाई लेख्न धेरै लेखकहरु तर्कन्छन् वा ती कथाहरुबाट ओझेल भइदिन्छन् तर कथाकार विश्व कुइकेल त्यो खाडल पुर्न सफल भएका छन् ।

Open photo

नेपाली आख्यानमा पाठकहरुका लागि अब्बल कथाकृतिको रुपमा आएको छ ‘सुगन्धपुर’ । काव्य विमर्श कार्यक्रममा, साहित्यकार, शिक्षक शिक्षिका, विद्यार्थी, समाजसेवी, जनप्रतिनिधि लगायतका सहभागिहरुले कार्यक्रममा आआफ्ना प्रश्न, विचार र सुझाव राखेका छन् । बुद्धशान्तिमा यस्ता किसिमका कार्यक्रम आयोजना हुनुले शिक्षा, भाषा तथा साहित्यको क्षेत्रमा योगदान पुग्ने सहभागिहरुले बताएका छन् ।

विश्वमा जतिपनि आविष्कारहरु भएका छन् तिनको पूर्व कल्पना साहित्यले नै गरेको विचार समेत सहभागिहरुले राखेका छन् । यस अर्थमा काव्य विमर्श जस्ता कार्यक्रम आयोजनाले स्थानीयरुपमा प्रतिभा विकासमा ठूलो टेवा पुग्ने विचार पनि राखेका छन् । बुद्ध आदर्श माविका प्राधानाध्यापक कृष्णराज भण्डारीले आफ्नो विद्यालयबाट अब्बल स्रष्टा, साहित्यकार निर्माणका लागि विद्यालयले साहित्यिक कार्यक्रमहरु निरन्तर गरिरहने बताएका छन् ।

Open photo

विद्यालय व्यबस्थापन समिति अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष तिवारीले साहित्यिक विमर्श कार्यक्रमले विद्यालयमा शिक्षाको स्तरवृद्धि र बुद्धशान्तिमा प्रतिभा निर्माणमा निकै नै सकारात्मक सघाउ पुग्ने भएकाले बुद्ध आदर्श माविमा यस्ता कार्यक्रम आयोजनाका लागि विद्यालय व्यबस्थापन समितिको तर्पmबाट पूर्ण सहयोग रहने बताएका छन् ।

Open photo

कार्यक्रममा, केसी श्रेष्ठ, बेनुप्रसाद पनेरु, टंक विकल्प, जय भण्डारी, रश्मिशेखर सुवेदी, कुमार भट्टराई, राजु पौडेल, धनबहादुर श्रेष्ठ, हेमेन्द्र खतिवडा, देवकुमारी शेर्मा, दुर्गा पोखरेल, विष्णु लामिछाने, कमल कोइराला, खगेन्द्र निरौला, घनश्याम आचार्य, ज्ञानुबहादुर धिमाल, विष्णु सापकोटा, देवेन्द्र निरौला, मीना नेपाल, आकृति अधिकारी, इन्द्रप्रसाद पोखरेल, सुरज खनाल, लोकबहादुर माझी, शिवप्रसाद पौड्याल, स्नेह पौड्याल, विनय गौतम, प्रविन तामाङ, सम्झना कालिकोटे, निकिता चापागाईं, दिपा चापागाईं, तीर्थ तिम्सिना, महेश्वर सम्वाहाम्फे, नारायण रिजाल, भुवन तामाङ लगायतका थुप्रैको सहभागिता रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

  1. पत्रकार भुवन तामाङ् बिष्नु लामिछाने र बुद्धशान्ति पालिका सन्देशलाई धेरै धन्यवाद ! विद्यालयको तर्फबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *