Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिमा जारी भलिबल प्रतियोगिताको उपाधि वडा न.३ को पोल्टामा

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी प्रथम उपाध्यक्ष कप नकआउट भलिवल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले हात पारेको छ ।

चैत्र ३ गतेवाट बुद्धशान्ति–४ स्थित बर्ने चिया कमानको खेल मैदानमा सञ्चालित प्रतियोगिताको शनिबार फाइनल खेलमा वडा नम्बर ४ (बी) लाई हराउँदै वडा न ३ ले उपाधी पोल्टामा पारेको हो ।

वेष्ट अफ फाइभको फाइनल खेलमा वडा न. ३ ले २५÷१९, २५÷१६ र १५÷७ को सेटमा हराउँदैं उपाधि माथि कब्जा जमाएको हो । पहिलो र दोस्रो सेट आफ्नो पक्षमा पारेको वडा न.४ (बि) ले त्यसपछि आफ्नो लय गुमाउँदा ३ न. वडाले भरपुर सदुपयोग गर्दै गुमाउन लागेको उपाधि आफ्नो पक्षमा पारेको थियो ।

फाइनल खेल अत्यन्तै रोमाञ्चक र हेर्न लायक प्रतिस्पर्धाले दर्शकलाई खुवै मनोरञ्जन दिएको थियो । फाइनल खेलको बेष्ट लिफ्टर विजेता टोलीका सुरेश दाहाल, वेष्ट ब्लकर मनोज अधिकारी, वेष्ट सटर रोशन बाँनिया, बेष्ट डिफेन्स उप–विजेता टोलीका पुजन लिम्बू र खेलको सर्वोउत्कृष्ट खेलाडीमा उप–विजेता टोलीका विपिन मोते घोषित भए । उनीहरुलाई नगद सहित प्रमाण–पत्र वितरण गरिएको छ ।

बिजेता टोलीले नगद ३० हजार रुपैयाँ सहित ट्रफि प्रमाण–पत्र प्राप्त ग¥यो भने उप–विजेता टोलीले नगद १५ हजार रुपैयाँ ट्रफि,प्रमाण–पत्रमा चित्त बुझाएको छ । विजेता तथा उप–विजेता टोलीलाई बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेल र उपाध्यक्ष मीरा भुर्तेलले वितरण गरेका थिए।

स्थानीय स्तरका खेलाडीलाई प्रोत्साहन गरी पालिका स्तरीय टिमका लागि खेलाडी छनौट गरी एक बजबुत टोली बनाउने सो प्रतियोगिता आयोजना गरिएको हो । स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्न र खेलाडी छनौट गरी अन्तर पालिकामा आयोजना हुने भलिबल प्रयोगितामा सहभागी गराउने टोली बनाउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको हो । प्रथम अध्यक्ष कप नक–आउट फुटवल प्रतियोगिता २०७७ आगामी चैत्र १२ गतेवाट त्रिभुवन माविको खेल मैदानमा हुदैंछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *