बुद्धशान्तिमा जेसीज क्षेत्र ‘क’को अध्यक्ष सम्मेलन हुँदै

बुधबारे(पालिका सन्देश) । झापाको बुद्धशान्तिमा जेसीज क्षेत्र ‘क’को अध्यक्ष सम्मेलन हुने भएको छ । नेपाल जेसीजको आयोजना तथा बुधबारे जेसीजको आतिथ्यमा जेठ १२ गते बुधबारेमा सम्मेलन हुन लागेको बुधबारे जेसीजले पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ । एक दिवसिय सम्मेलनको सम्पूर्ण तयारी समेत पुरा भएको सम्मेलन निर्देशक तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष नन्द कुमार याफु राईले बताएका छन् ।


सम्मेलनमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लगायत अन्य राष्ट्रिय पदाधिकारीहरु, क्षेत्र क अन्र्तगतका ४३ शाखा अध्यक्ष तथा जेसीज सदस्यहरु गरी १५० भन्दा बढीको सहभागीता रहने राईले बताएका छन् ।

EPIC EPIC EPIC EPIC


बुधबारे जेसीजका पूर्व अध्यक्ष अनिल वाग्लेका अनुसार सम्मेलनमा क्षेत्र क अन्र्तगतका शाखा अध्यक्षहरुको बैठक, क्षमता विकासका तालिम, स्थानीय पर्यटकीय क्षेत्रको भ्रमण, स्थानीय उत्पादन प्रर्वधन, स्थानीय मैलिक सामाग्रीहरुको प्रर्दशनी, साँस्कृतिक झाँकी लगायत विभिन्न रचनात्मक क्रियाकलापहरु सञ्चालन हुनेछन् ।


उक्त सम्मेलन आयोजनाका लागी कुल अनुमानित लागत ४ लाख ३५ हजार रहेको छ । स्थानीय गाउँपालिका, विभिन्न व्यवसायिक प्रतिष्ठानहरुसँगको साझेदारी, जेसीज सदस्यहरुको सहयोग तथा सहभागीहरुको दर्ता शुल्क बापतको रकमबाट सम्मेलन सञ्चालन गरिने सम्मेलनका कोषाध्यक्ष तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष हेमन्त बरालले बताए । उनले सम्मेलनमा सहभागी हुन शाखा अध्यक्षको १ हजार ३ सय र अन्य पदाधिकारी तथा सदस्यहरुको लागि १ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको बताए ।


बुधबारे जेसीजका अध्यक्ष दुर्योधन सिंह राजपुुत देव सम्मेलनले १८ वर्षदेखि ४० वर्षमुनिका युवालाई सकारात्मक सन्देशका साथ नेतृत्व तथा व्यक्तित्व विकासमा टेवा पुग्ने बताए । उनले बुधबारे जेसीज स्थापना भएको १२ वर्षमा पहिलो पटक राष्ट्रिय स्तरको सम्मेलनको आतिथ्य गर्ने अवसर पाएकोमा यो सम्मेलन बुधबारे जेसीज तथा सम्रग बुद्धशान्ति कै गौरबको कार्यक्रम रहेकोे बताए । उनले यस क्षेत्रको व्यापार, पर्यटन तथा पहिचान प्रबद्र्धनमा सम्मेलनले टेवा पुग्ने विश्वास व्यक्त गरे ।


बुधबारे जेसीजका महासचिव गजुहाङ योङहाङले संचालन गरेको पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष क्लबका अध्यक्ष प्रकाश भण्डारी तथा निवर्तमान अध्यक्ष अर्जुन ढकालले सम्मेलमा क्षेत्र ‘क’ अन्र्तगतका सम्पूर्ण शाखा अध्यक्ष तथा पदाधिकारीहरुलाई सहभागी हुन अनुरोध सहित मन्तव्य राखेका थिए ।


१८ देखि ४० वर्षका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्थाका रुपमा रहेको जेसीजले समय समयमा विभिन्न कार्याक्रमहरु गर्दै आएको छ । यस सम्मेलनले जेसीज सदस्यहरुको लागि मात्र नभई समाजका हरेक तहका युवाहरुलाई एकताबद्ध गराउदै हरेक क्षेत्रमा लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *